मतदान चलिरहँदा काठमाण्डुमा बम पड्कियो


  काठमाण्डु, २१ मंसिर– दोस्रो चरणको मतदान चलिरहँदा काठमाण्डुको नैकापमा बम पड्किएको छ।

बाँसको झ्याङ्गमा बम पड्किएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए। पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्र १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो ।

घरमै बनाएर तत्काल पड्काउन तयार पारिएको सो बम घरहरुभन्दा टाढा पड्किएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Comments