बिदेशमा काम गर्ने कामदारले पठाईदिएको खर्चबाट चुनाव लडेका लालबाबु पण्डित कोईराला बीरासत समाप्त पार्दै बिजयी


  मोरङ । मोरङको क्षेत्र नम्बर ६ मा चर्चित एमाले नेता लालबाबु पण्डित बिजयी भएका छन । उनले नेपाली काँग्रेसका डा.शेखर कोईरालालाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन ।

 पण्डितले ३३ हजार ९ सय ४१ मत पाएका छन भने काँग्रेसका कोईराला ले ३३ हजार २ सय ६६ मत पाएका छन ।

 चुनाव खर्चको अभावमा बिदेशमा काम गर्ने कामदारले पठाईदिएको खर्चबाट चुनाव लडेका पण्डित ईमान्दार नेताका रुपमा परिचित छन ।

को हुन लालबाबु ?
सर्लाहीबाट तत्कालीन मालेमा भूमिगत राजनीति गर्न मोरङ आएका लालबाबु पण्डितले पनि मोरङको क्षेत्र नम्बर ३ बाट २०४८ र २०५६ मा प्रतिनिधि सभाका चुनाव जितेका हुन् ।

 पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् भएका पण्डित दोस्रो संविधान सभामा सांसद् बिना नै सामान्य प्रशासन मन्त्री भए र बढी चर्चित भए ।

 विदेशमा ग्रिनकार्ड वा पिआर लिएका नेपालका सरकारी कर्मचारीलाई कारबाही गरेर ख्याति कमाएका पण्डित यसपछि राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा चिनिँदै आएका छन् ।

एमालेका पोलिटब्युरो सदस्य रहेका लालबाबु पार्टीको गुटभित्र माधवकुमार नेपालका समर्थक हुन्। माधवसमर्थक भएकै कारण ओलीको सरकारमा सबैले हेपेको मन्त्रालय पाएका पण्डित सबैभन्दा बढी चर्चित र लोकप्रिय भएर निस्किए ।

आफूलाई सादा जीवन उच्च विचारको परिपालक भन्न रुचाउने उनी एउटा पुरानो साइकल हाँकेर विराटनगरमा राजनीतिक भेटघाट गरिरहेका हुन्छन्। कतै टाढा जानुपरे वातानुकूलित गाडीभन्दा सार्वजनिक सवारी वा टेम्पो रुचाउँछन ।

Comments