काठमाडौ,मंगसिर १५
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको प्रधानमन्त्री शेर बहादुर देउवाको निजि निवास नजिक आझ साँझ बम विस्फोट भएको छ ।
प्रधान मन्त्री देउवाको निजि निवास को पर्खाल भन्दा केहि मिटरको दुरीमा सो बम विस्फोट भएको बुनपा वडा नं २ का सदस्य राजेन्द्र श्रेष्ठले बताए ।
विस्फोटन पश्चात घटना स्थल पुगेको प्रहरीले घटनाको छानविन भै रहेको बताएको छ ।
निर्वाचन विरोधी गतिविधि गरिरहेका विभिन्न पार्टी र समूहरुले यस अघि पनि झापास्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पनि बम विस्फोट गराएका थिए ।
त्यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर, पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त, पूर्वसभामुख ओनसरी घर्ती लगायतलाई पनि लक्षित गरी बम विष्फोट गराइएको छ ।
त्यस्तै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको घरबाट सेनाले बम निस्कृय पारेको थियो । भने, सर्वोच्च अदालत परिसरमै बम भएको हल्लाले इजलास नै अवरुद्ध भएको थियो ।

Comments
Post a Comment