वाम गठबन्धनका उम्मेदवार खगराज भट्टमाथी बम प्रहार


 डडेल्धुरा १८ डडेल्धुरा / बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार खगराज भट्टलाई लक्षित गरी बम बिस्फोट भएको छ ।





परशुराम नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरी डडेल्धुरा जील्ला सदरमुकाम आउने क्रममा आलिताल गाउँपालिका ८ बाख्खोली भन्ने ठाउँमा राति ९ बजेति बम बिस्फोट भएको हो ।

बिस्फोटबाट उनी सवार गाडीमा क्षति भएको छ भने उमेदवार भट्ट शकुसल रहेको ईलाका प्रहरी कार्यालय जोगवुडाले जनाएको छ ।

Comments