चितवन । भरतपुर १० की रिना गुरुगंले स्थानिय महिलाहरुबाट करिव १ करोड ५० लाख रकम लिएर फरार भएकी छन् ।
भरतपुर १० का बिभिन्न पेशा र ब्यवसायमा आवद्ध करिव ५० महिलालाई ठगि गरी असोज १७ गतेबाट फरार भएको पिडित महिलाहरुले आरोप लगाए ।
जिल्ला टफिक प्रहरी कार्यालय अगाढी होटल सन्चालन गरेर बसेकी गुरुगंले बिभिन्न आमा समुहमा आवद्ध भई समुह जवानी तथा समुहका सदस्यलाई साक्षी राखी १ दर्जन भन्दा बढि सहकारी तथा बित्तिय संस्थाबाट बिना धितो रकम ऋण लिएको
तथा १५ वटा आमा समुुहहरुबाट पनि आफनो तथा अन्य सदस्यको नाममा ऋण लिएर फरार भएको स्थानिय पीडितहरुको भनाई छ ।
रिना गुरुगंले पैसा खाएर भागेपछी पिडित परीवारमा श्रीमान श्रीमती बिच घर झगडाले सम्बन्न बिछेद गर्नु पर्ने अवस्था सृजना भएको देवी श्रेष्ठले बताउनु भयो ।
आफ्नो पैसा ठगेर भाग्नेहरुको खोजी गर्न प्रहरीले साथ नदिएको ठगिएकाहरुको गुनासो छ।

Comments
Post a Comment