हास्यकलाकार तथा अभिनेता केदार घिमिरे(माग्ने बुढा)ले लालबाबु पण्डितलाई फोन गरेका छन् । चुनावको मिती नजिकिएसँगै केदारले पण्डितलाई फोन गरेका हुन् ।
आज फेसबुकमा एक पोस्ट गर्दै केदारले लालबाबु आफुलाई मन पर्ने नेतामध्येको एक नेता भएको स्पस्ट पारेका छन् ।यसका साथसाथै केदारले हाम्रालाई नभई राम्रालाई जिताउनको लागि अनुरोध गरेका छन् ।
साथै उनले आफ्नो भित्री मनलाई सोधेर मात्र भोट हाल्नको लागि समेत सबैसामु अपिल गरेका छन् ।
पढौँ उनको स्टाटसः
म सबैको मायाले बाँचेको कलाकार । अहिले मलाई चौतर्फी रुपमा चुनाबी कार्यक्रमको निम्तो आइरहेको छ , प्रेशर यति छ कि प्रेशरको औषधी नै खान पर्ला जस्तो भैसक्यो (फोन बजेको बज्यै ) ।म सबैको कलाकार भएको नाताले कुनै दलको गुनगान गाउदै हिड्नु उपयुक्त हो जस्तो लाग्दैन ।
तथापी म यो देशको नागरिक पनि हो ,त्यसैले इमान्दार, सच्चा राजनिती गर्ने र भिजन भएका उम्मेवारले जिते हुन्थ्यो जस्तो लाग्छ ।देखिन आएकाहरुमा रबिन्द्र मिश्र,गगन थापा,गोकर्ण बिष्ट ,जनार्जन शर्मा,लाल बाबु पण्डित,बाबुराम भट्टराइ आदि मलाइ ब्याक्तिगत रुपमा राम्रै लाग्छन ।
(अरु पनि होलान )……………..प्राय: वहाँहरुसंग कुराकानी र भेट घाट भईरहेकै हुन्छ । आज अचानक मलाइ लाल बाबु पण्डित ज्यु को याद आयो र मैले फोन गरें,


Comments
Post a Comment