पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति बढ्यो ?


 पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ ।


खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ । वृद्धि भएको मुल्य आजराती १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताएका छन् । मूल्य वृद्धि नगरेमा निगमले वार्षिक १ अर्व ६ करोड घाटा व्यहोर्नु पर्ने अवस्था रहेको र वृद्धिपछि पनि निगमले ४ करोड घाटा व्यहोर्नु पर्ने उनले बताए।

Comments