निर्वाचन अपडेटः कपिलवस्तु क्षेत्र नम्बर १ को मतदान केन्द्रमा बम भेटियो बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा
मंसिर २१, २०७४ कपिलवस्तु : कपिलवस्तु क्षेत्र नम्बर- १ अन्तर्गत वाणगंगा नगरपालिका बोडगाउँस्थित वाणगंगा बहुमुखी क्याम्पस मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन।
मतदान केन्द्रमा बिहानै बम भेटिएपछि मतदान सुरु हुन ढिलाइ भएको हो। बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ।
मतदान केन्द्रको ५०० मिटरदेखि १ किलोमिटर क्षेत्रभित्र मतदातालाई आउन दिइएको छैन। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका दीपकुमार उपाध्याय र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चक्रापाणि खनाल ‘बलदेव’ प्रतिस्पर्धामा छन्।

Comments
Post a Comment