काठमाडौँ ४ मा बिजयी भएसँगै केपी ओलीको अभिब्यक्तिलाई कडा शब्दमा निन्दा गरे गगन थापाले,



 २३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

 उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् ।

उनले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो ।


उनले अब कांग्रेस यसरी नचल्ने बताए ।

उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह गरे ।

बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले खेद प्रकट गर्दै भने, ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’

Comments