ट्रिपर दुर्घटनामा २ जना म्यादी प्रहरीसहित ३ जनाको मृत्यु


 ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी(२ चुनियाँमा भएको सो दुर्घटनामा मृत्यु हुने दुई जना म्यादी प्रहरी पनि छन् ।

 घटनामा घाइतेका भएका अर्को एक जनालाई हेटौंडा अस्पताल ल्याइएको छ ।

ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्यादी प्रहरीको मृत्यु भएको हो ।

Comments