एउटै केन्द्रमा १९ जना क्रीयापुत्रीले गरे मतदान


मंसिर २१, २०७४-मंगलसेन नगरपालिका ५ को भाटवाडाका १९ जना क्रीयापुत्रीले मतदान गरेका छन् ।


उनीहरुले आफ्नो बुवा रते भाटको क्रीया बसेको ५ औं दिनमा मतदान गरेका हुन् । रते भाटका १९ छोराले मंगलसेनमा रहेको शोडषा मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

‘आफूले दिएको मतले देश विकास मात्र होइन, बुवाको आत्माले गाउँ ठाउँको विकास देखेर शान्ति पाओस् भनेर मतदान गरेका हौं,’ क्रीयापुत्री तुलाराम भाटले भने ।



Comments