सप्तरीमा सिके राउतको अपिलपछि महादेवा गाउँपालिका २ मतदान केन्द्रमा मत हाल्न कोही गएनन्


  मंसिर २१, २०७४-सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् ।

बिहानैदेखि मतदान सम्पन्न गराउन मतदान अधिकृतसहितको कर्मचारीहरु खटिएको भएपनि कोही मत हाल्न नआाएपछि मतदान सुरु हुन सकेको छैन ।

 उक्त मतदान केन्द्र मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतको घर भएको क्षेत्रमा पर्दछ ।

सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयको मतदान केन्द्र, जहाँ नत मतदाता छन्, नत दलका प्रतिनिधि ।

 सिके राउतले केहीदिन अघि चुनावमा सहभागी नहुन अपिल गरेपछि उहाँकाे गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिनुभयो ।

'कोही पनि नआएकाले मतदान सुरु हुन सकेको छैन' प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे कान्तिपुरसंग भने । उक्त मतदान केन्द्रमा ९६० मतदाता छन् ।



Comments