उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका –६ दनुवारवेशीमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ परेपछि उनले दिएको प्रारम्भिक बयनले प्रहरीलाई सशंकित बनाएको छ ।
उनले सरकारकै सहयोग र आदेश हो भनेर अरुले दिएपछि बम बोकेर गएको बयन दिएका छन् ।
उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित विद्युतीय धराप थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका –८ शाहीखोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा संलग्न अरुको पनि पहिचान भईसकेकोले उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।
वुधबार बिहान उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरि दनुवारवेसीको जंगलमा बम पड्कँदा कार्कीसहित सातजना घाइते भएका थिए ।

Comments
Post a Comment