नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताले डोल्पाका दुई वटा गाउँपालिकाको कार्यालय कब्जामा लिएका छन् ।
जगदुल्ला र मुड्केचुला गाउँपालिका कब्जामा लिदैं विप्लवका कार्यकर्ताले साइनोर्ड हटाएर आफनो पार्टीको बोर्ड राखेका हुन् ।
सो क्रममा गाउँपालिकाका साइनबार्ड र झण्डा हटाइएको स्थानीयले जानकारी दिएका छन् तर प्रहरीले भने गाउँपालिका कब्जा नभएको दाबी गरेको छ ।
घटनास्थल पुग्दा साइन बोर्ड र झण्डा नभएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।निर्वाचन सकिएको केहि दिनदेखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा विप्लव कार्यकर्ताले विभिन्न गतिविधिहरू बढाउँदै लगेको स्थानीयले बताएका छन्
।विप्लवका कार्यकर्ताले राखेको बोर्डमा गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय जगदुल्ला गा।पा डोल्पा, जिल्ला जनसरकार समिति नेकपा डोल्पा लेखिएको छ ।
नागरिक त्रसित बनाउने गरी उनीहरुले सरकार जनवादी सत्ताको बाधक बने कारबाही गर्ने चेतावनी दिएपछि निर्वाचित जनप्रतिनिधि पनि भयभित बनेका छन् ।

Comments
Post a Comment