मतगणना शुरु भएका १२ मध्य १० मा वाम गठबन्धन र २ मा कांग्रेस अगाडी, हेर्नुहोस कहा को अगाडी? पछिल्लो अपडेट
प्रारम्भिक मतपरिणाम अनुसार, मनाङ, मुस्ताङ, ताप्लेजुङ, बझाङ, सिन्धुपाल्चोक, जाजरकोट, गोरखा-१, ओखलढुंगा, सोलुखुम्बु, रुकुम (पूर्व र पश्चिम दुबै) लगायतका जिल्लामा बाम गठबन्धनले अग्रता लिइरहेको छ ।
यसैगरी, लमजुङ र रसुवाको प्रतिनिधिसभा भने काँग्रेसले अग्रता लिएको छ । लमजुङमा काँग्रेसका दिलबहादुर घर्तीलाई माओवादीका देव गुरुङले पछ्याइरहेका छन् ।
रसुवामा वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकाल भन्दा लोकतान्त्रिक गठबन्धन उम्मेदवार मोहन आचार्य अगाडि छन् ।
सिन्धुपाल्चोक १ मा बाम गठबन्धनले अग्रता लिए पनि २ मा लोकतान्त्रिक गठबन्धनका पशुपति शमशेर राणाले अग्रता लिइरहेका छन् । यसैगरी, जाजरकोटको एउटा प्रदेश सभामा काँग्रेसले अग्रता लिइरहेको छ ।
पहिलो चरणमा चुनाव भएका अधिकांश जिल्लाको प्रारम्भिक मतपरिणाम आइरहेको छ भने दोस्रो चरण अन्तर्गत आज भएको चुनावको पनि केहीबेरबाट गणना सुरु हुने बताइएको छ ।

Comments
Post a Comment