नगद सहित पक्राउ गरिएका राप्रपा प्रजातान्त्रिकका नेता राजकुमार राई जिल्ला ।
मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै धनकुटाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटा–२ का वडा समिति अध्यक्ष राजकुमार राई रहेका छन् । राईको साथबाट १ लाख ६९ हजार ५ सय बरामद भएको बताइएको छ ।
उनलाई धनकुटा–३ कागतेबाट मंगलबार राति वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।
मौन अवधिमा मतदातालाई आर्थिक प्रलोभनबाट प्रभावित पार्न खोजेको प्रारम्भिक छानविनबाट पुष्टि भएको प्रहरीको भनाई छ ।
राईका साथमा रहेका अन्य दुई जना भने फरार रहेको जनाईएको छ । बरामत रकम सहित नियन्त्रणमा लिइएका राईकोबारे थप छानविन गरिने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
उनको साथमा रहेका दुई झोला मध्ये एउटामा ९६ हजार अर्कोमा ७३ हजार ५ सय नगद फेला परेको छ ।
यसैबिच जिल्लाका चौबिसे क्षेत्र अन्तर्गत केहि मतदान केन्द्र नजिक वाम तथा लोकतान्त्रिक गठबन्धनका झन्डा तथा पोष्टर नहटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित पार्टीलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

Comments
Post a Comment