चितवनमा पछि परे प्रचण्ड, बिक्रम पाण्डे झण्डै १०० मतले अगाडि


 चितवन, २२ मंसिर– चितवनको ३ नम्बर क्षेत्रबाट वाम गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रारम्भिक मतगणनामा केही मतले पछि परेका छन् ।

५ सय मत गणना हुँदौ माओवादी अध्यक्ष प्रचण्ड वनमन्त्री समेत रहेका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेसँग ९० मतले पछाडि परेका हुन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार पाण्डेले २ सय ७६ मत प्रचण्डले १ सय ८६ मत प्राप्त गरेका छन् ।

यसअघि पाण्डेले चुनाव जितेको क्षेत्र माडीको सेरुवा र गीतानगर क्षेत्रका मतगणना हुँदा पाण्डेले अग्रता लिएका हुन् ।

Comments