७ जनाको ज्यान जानेगरी गत बुधबार त्रिशुलीमा खसेको बस चार दिनपछि भेटियो


 काठमाडौं । गत बुधबार त्रिशुलीमा खसि बेपत्ता भएको बस ४ दिन पछि भेटिएको छ। चितवनको चुम्लिङटारमा ७ जनाको ज्यान जानेगरी गत बुधबार भएको दुर्घटनामा हराइरहेको बस चार दिनपछि भेटिएको हो।

तर, बससँगै हराएका यात्रुको अवस्था भने अज्ञात रहेको छ ।


गत बुधबार काठमाडौंबाट अर्घाखाँचीका लागि हिँडेको लु२ख २९१ नम्बरको यात्रु बस चुम्लिङटारमा दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो।

शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट खटिएको टोलीले पानी सतहबाट २५ फिट तल रहेको बस फेला पारेको हो।

Comments