मृत्यु भएको १७ दिनपछि प्रकाश दाहालको फेसबुक पेज अपडेट,के राखियो अपडेटमा ?


 काठमाडौं -पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मृत्यु भएको ठिक १७ दिनपछि फेसबुक पेज अपडेट भएको छ ।

प्रकाश दाहाल नामक फेसबुक पेजमा ‘राष्ट्रको हितमा माओवादीलाई जे लाग्छ, त्यहि गर्छ’ लेखिएको प्रचण्डको फोटोसहित अपडेट भएको छ । उक्त फेसबुक पेज नोभेम्बर १५ तारिकदेखि अपडेट थिएन् ।

 प्रकाश दाहाल  नामक फेसबुक पेजको युजरनेम पहिला प्रकाशको थियो । तर अहिले उक्त पेजमा कमरेड प्रचण्ड युजरनेम राखिएको छ । प्रकाशको हृदयघातका कारण मंसिर ३ गते निधन भएको थियो ।


२०३८ असार १७ गते जन्मिएका प्रचण्ड-पुत्र प्रकाश १६ वर्षकै उमेरमा २०५४ सालमा पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका हुन्। २०५७ सालदेखि उनी पूर्णकालीन कार्यकर्ता भए।

 ०५७ सालदेखि नै उनी अध्यक्ष प्रचण्डको सचिवालयमा काम गर्न थाले। जनमुक्ति सेनामा जाने इच्छा राखे पनि उनलाई पार्टीले तत्काल स्वीकार गरेन। ०६०/०६१ सालतिर उनी झन्डै एक वर्ष रुकुम-रोल्पातिर खटिए। सञ्चार विभागको जिम्मेवारी पनि उनलाई दिइएको थियो।

प्रचण्डको नेतृत्वमा सशस्त्र विद्रोह सुरु हुँदा दिदी रेणु र गंगासँगै प्रकाश राजधानीमा थिए। गोंगबुमा ६ कक्षामा पढ्दै गरेका प्रकाशसहित दिदीहरु समेतलाई प्रचण्डले भारत पुर्‍याए। ०५३ मा दुवै दिदीको विवाह एकैसाथ भएपछि उनी दिदी रेणुको घर पन्जाब गए।

त्यहीँ बसेर उनले पढाइ अगाडि बढाए। बुवाको सचिवालयमा काम गरे पनि उनले अध्ययनलाई निरन्तरता दिए। भारतमै उनले कक्षा १२ को औपचारिक शिक्षा पूरा गरे। नेपाल फर्केपछि रत्नराज्य क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि उनले पढाइ पूरा गरेनन्।

Comments