मौन अवधिमा मतदाता तान्न कांग्रेस र राजपाले मधेशका गाउँ-गाउँमा मदिरा र मासुभात


    काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले मंसिर २१ गते पर्सी (बिहीबार) हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मौन अवधि समेत सुरु भैसकेको छ । तर उम्मेद्धवाहरु आफ्नो पक्षमा मत तान्न मतदाताहरुलाई प्रलोभनमा पार्नको लागि होडबाजीमा उत्रिएका छन् ।

तराई/मधेशमा त अहिले उम्मेद्धवारहरुले भोजभतेर नै सुरु भएको छ । कतिपय जिल्लामा आजभोलि घरमा खानै पाँक्न छोडेको छ ।

गाउँले भेला गरेर सामुहिक भोजमा सरिक भैरहेको दृश्यहरु मधेशमा छ्याप्तीछ्याप्ती देख्न पाईन्छ ।

आयोगले आचारसंहिता उल्लंघन गरेको पाईएमा कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएपनि अहिलेसम्म कुनै कारबाही गरेको छैन ।
भन्न त आयोगले आचारसंहिता उल्लंघन गर्नेको उम्मेद्धवारी नै खारेज गर्ने भनेपनि व्यवहारमा देखिएको छैन ।

२ नम्बर प्रदेशका विभिन्न जिल्लामा अहिले भोजभतेर गरिएका कुराहरु बाहिरिएपनि आयोग मुकदर्शक भएर बसेको छ । स्रोतका अनुसार मधेशमा नेपाली कांग्रेस र राजपा उम्मेद्धवारहरुले भोट ब्यांक केन्द्रित भतेरको आयोजना गरेको छ ।

जहाँ माछा, मासु र मदिराको खोलो नै बगेको छ ।

Comments