गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान सिंह बस्नेत पक्राउ


 काठमाडौं– गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर काकीले खटाएको एक  प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।  सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।

काठमाडौंको सितापाइला क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दीमा संलग्न उनीलगातको योजनामा गौचनको हत्या भएको प्रहरीले बताउँदै आएको छ।

Comments