मतदान सुरु भए लगत्तै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागाभाग



 काठमाडौ । दोस्रो चरण निर्वाचन अन्र्तगत मतदान सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

काठमाडौंको नैकापको मंगल मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् । विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए ।

 स्थानीयका अनुसार ७ बजेर १५ मिनेट जाँदा बम विस्फोट भएको थियो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो।

 अहिले त्यहाँ सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ भने सुरक्षाकर्मीगरु घर फर्किन लागेका मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरिराखेको छन ।

उता कैलालीको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ । कैलालीको जानकी गाउँपालिकाको सरस्वती माबि दुर्गौली मतदान केन्द्र नजिकै शक्तिशाली बाल्टिन बम फेला परेको छ।

 कैलालीको निर्वाचन क्षेत्र(को उक्त मतदान केन्द्रमा बम भेटिएपछि लाइमा बसेका र आउँदै गरेका मतदाता आतंकित भएका थिए ।

स्थानीयका अनुसार बीच बाटोमा आउँदै गरेका केही मतदाता घर फर्केका छन् । सेनाको बम डिस्पोजको तयारी गरेको छ । मतदान सुरु भएलगत्तै बम बिस्फोटका घटनाहरु ब्यापक भएका छन् ।

Comments