डन्डीफोर सामान्यतय: किशोरावस्था हुन्छ तर यो ३० देखि ३५ वर्षको उमेरमा पनि हुनसक्छ । चिकित्सकका अनुसार, वर्तमान जीवनशैली र गलत खानपानको कारण किशोरावस्थाको साथै यूवाहरूमा पनि डन्डीफोरको समस्या बढ्दै गएको छ । डन्डीफोरको समस्या बढ्नुको पछाडी पनि मोबाइल जस्ता गेजेट्सको पनि ठूलो हात छ । डन्डीफोर हुने र बढ्ने केही कारणहरू यस्ता छन् ।
किन हुन्छ, डन्डीफोर?
१-जेनेटिक
जसको आमा-बुवालाई डन्डीफोरको समस्या छ, उनीहरूलाई पनि यो समस्या हुने सम्भंवाना बढ्छ ।
२-प्रदुषण
धूलो, धुवाँ र प्रदुषणको कारण स्किनको पोर्स बन्द हुन्छ । यसबाट डन्डीफोरको समस्या हुनसक्छ ।
३-फूड वा ड्रिंक
अधिक तेल-मसालेदार, बोसोयुक्त र जंक फूड खाँदा स्किनमा ओयल बढ्छ, जसको कारण डन्डीफोरको समस्या हुनसक्छ ।
मेक-अप
अधिक समय सम्म हेभी मेक-अप लगाएर राख्दा स्किनको पोर्स बन्द हुनसक्छ र डन्डीफोरको समस्या हुनसक्छ ।
५-चाया
टाउको ओयली स्किनबाट निस्कने चाया अनुहार र काँधमा जम्मा हुन्छ । यसबाट डन्डीफोर हुनसक्छ ।
६-स्किन टाइप
जुन मानिसको स्किन बढी ओयली हुन्छ, उनीहरूलाई डन्डीफोर हुनसक्ने सम्भावना अरूको तुलनामा बढी हुन्छ ।
७-मेडिसिन्स
हार्मोनल समस्या, डिप्रेशन जस्ता कयौँ समस्याको मेडिसिन्सको साइड इफेक्टको कारण डन्डीफोर हुनसक्छ ।
८-स्क्रब
अनुहारमा बढी समय सम्म स्क्रब रगड्दा, राम्रो क्वालिटीको साबुन प्रयोग नगर्दा पनि डन्डीफोरको समस्या हुनसक्छ ।
९-पीरियड्स
पीरियड्स भन्दा पहिले र अवधिमा महिलाहरूमा हार्मोनल परिवर्तन आउँछ । यसको कारण पनि डन्डीफोरको समस्या हुनसक्छ ।
१०-जीवनशैली
चुरोट, जाँडरक्सीको सेवन, एक्सरसाइज नगर्ने, कम पानी पिउने, अनुहार नधुने आदिको कारणले पनि डन्डीफोर आउन सक्छ ।
डन्डीफोरको समस्या बढाउन सक्छ, यी चीज
१-मोबाइल
मोबाइलमा जम्मा ओयल र फोहोरको कारण अनुहारको एक तर्फ डन्डीफोर हुनसक्छ ।
२-टच
डन्डीफोरमा पटक-पटक हात लगाउँदा वा यसलाई निचोर्ने र निकाल्दा समस्या बढ्न सक्छ ।
३-कब्जियत
पेट सफा नहुनु र कब्जियतको समस्या हुँदा डन्डीफोरको समस्या बढ्न सक्छ ।
४-स्ट्रेस
स्ट्रेसको कारण शरीरमा हर्मोन्सको सन्तुलन खराब हुन्छ । यसबाट डन्डीफोर बढ्न सक्छ ।
५-फेयरनेस क्रिम
बजारमा उपलब्ध कयौँ फेयरनेस क्रिम्समा पाईने केमिकल्स डन्डीफोरको समस्या बढाउन सक्छ ।

Comments
Post a Comment