गोरखा। गोरखा २ मा मतगणना भइरहँदा मतपेटिका भण्डारण गरेको कोठाको चाबी बोकेर माओवादीका प्रतिनिधि गायब भएपछि हल्लाखल्ला भएको छ । यहाँ निरन्तर बाबुराम भट्टराईले अग्रता बढाइरहेका छन् ।
मतपेटिका राखेको कोठा खोल्न नपाएपछि मतगणना नै रोकिएको थियो । चाबी लिएर प्रतिनिधि हराएपछि षड्यन्त्रको आशंकामा निकै हल्लाखल्ला भयो । मतगणना नै रोकिएपछि ती प्रतिनिधिको निकै खोजी भयो । पछि ती प्रतिनिधि भेटिएका छन् ।
चावी लिएर गायव भएका ती माओवादी प्रतिनिधि हुन्-दिपक देवकोटा हुन्।
ती प्रतिनिधिले आफ्नो फरार हुने नियत नभइ कामविशेषले बाहिर गएको बताएपछि अहिले स्थिति सामान्य भएको छ ।
उनी भेटिएपछि कोठा खोलेर मतपेटिका निकाली अहिले मतगणना सुचारु गरिएको छ

Comments
Post a Comment