सवै भोट वाम गठबन्धनलाई हालेर दिउँसै विजयी जुलुस !


  गुल्मी । गुल्मी इस्मा गाउँपालिका ४ वासीले सवै भोट वाम गठबन्धनलाई हालेर विजयी जुलुस निकालेका छन् ।

रामराज्य मावि मतदान केन्द्रका सवै मतदाताले नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नं २ का प्रतिनिधीसभा उम्मेदवार गोकर्ण बिष्टलाई मत हालेर विजयी जुलुस निकालेका हुन् ।

विजयी जुलुसले गाउँपालिकाको परिक्रमा गरेको थियो । ८८ बर्षिया आमा चिन्ता कुमारी बिष्टसँगै मतदान गर्न पुगेका विष्टले यो ऐतिहासिक घट्ना भएको प्रतिकृया दिए । विष्टले भने, इस्मा गाउँपालिकाले आफनो सच्चा विवेक प्रयोग गरेका छन् ।

छोरासँगै मतदान गरेकी उनकी आमा चिन्ता कुमारीले खुशी व्यक्त गरिन् । छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको उनले प्रतिक्रिया दिइन् ।

‘धेरै पटक भोट हाने, छोरा र राष्ट्रलाई राम्रै भएको छ,’उनले भनिन,‘ बाचुन्जेल प्रधानमन्त्री बनेको हेर्ने धोका छ ।’ गोकर्ण बिष्टकी आमा भन्न पाएको आफुलाई गर्व हुने उनले बताईन् ।

(साभार : छलफल न्युज)

Comments