महोत्तरीमा राजपाको लालकिल्लामा भव्य चुनावी सभा, राजपा र कांग्रेसका सयौं नेता माओवादी प्रवेश


   गौशाला (महोत्तरी) मंसिर १५ । महोत्तरीको क्षेत्र नम्बर १, गौशला नगरपालिका २ निगौलमा आयोजित चुनावी सभामा राजपा र काग्रेसका सयौं नेता र कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

राजपाको प्रभाव रहेको क्षेत्र निगौलमा शुक्रबार आयोजित भव्य चुनावी सभामा राजपा र काग्रेस परित्याग गरि एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

राजपाका नेता महिन्द्र शाह, लालु मण्डल, सुनिल मण्डल, रामबाबु मण्डलसहितका दर्जनौं राजपाका नेताकार्यकर्ता र नेपाली काग्रेसका सरोजकुमार शाह, इन्दु शाह, रामप्रताप मण्डल, नरेश शाहसहितका सयौं नेताकार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

यस्तै उर्मिला शाह, सितल मुखिया, सुनैनादेवी राय, शिवकुमारी सिह, रौनादेवी राय लगायतका एक दर्जनभन्दा बढी राजपा र काग्रेसका कृयाशिल महिला नेतृहरु पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । काग्रेस र राजपाबाट समृद्धि र विकास सम्भव नभएको नवप्रवेशीहरुले बताएका छन ।

नवप्रवेशीलाई माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका वाम गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले जातीय र क्षेत्रीय कुरा गर्ने पार्टीले विकास गर्न नसक्ने दावी गरे । एक किलोमिटर सडक बनाउन एक लाख रुपैया खर्च लाग्छ पोखरेलले भने, ‘केन्द्रीय नेतृत्वको पहल बिना जिल्लाको विकास असम्भव छ ।’

राजपा र काग्रेससँग विकासका कुनै एजेण्डा नभएको दावी गर्दै पोखरेलले मधेसी जनतामा भ्रम नछर्न बिपक्षी उम्मेदवारलाई आग्रह गरे ।

१ सय २४ ओटा जाति भएको देशमा एकले अर्कोलाई सम्मान गर्नुपर्छ पोखरेलले भाने, ‘ देशमा ८० भन्दा बढी भाषा–भाषी छन । हामी सबै मिले मात्र देश सम्बृद्द हुन्छ ।’
मधेसमा बहुसंख्यक किसान मजदुरको बाहुल्यता रहेको स्मरण गर्दै पोखरेलले गरिबी, किसान र मजदुरको भावना बामपंथीले मात्रै बुझ्न सक्ने दावी गरे ।

सम्बन्धित् समाचार प्रकाश खोज्दै प्रचण्डका मतदाता
समग्र तराई–मधेसको विकासको निम्ति वाम गठबन्धनलाई बिजयी गराउन पोखरेलले आग्रह गरे ।

यसैबीच, महोत्तरी जिल्ला क्षेत्र नम्बर १ एक अन्तर्गतको गौशाला नगरपालिकाको विभिन्न स्थानमा शुक्रबार सयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
गौशाला नगरपालिकाको वडा नम्बर ११ धननारायण टोल, गौशाला नगरपालिका १० भरतपुर, चुरौटे टोल, ९ को पुरानो भरतपुर र नयाँ भरतपुरमा चुनावी सभा सम्पन्न भएको हो ।

गौशाला ९ पुरानो भरतपुरमा आयोजित चुनावी सभामा पनि विभिन्न पार्टी परित्यागगरि ६० जना नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन ।

पुरानो भरतपुरको अधिकांश मन्सुर र अन्सारी सहित ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नेपाली काग्रेसका इसराजुल मन्सुर, गफार मन्सुर, सतार मन्सुर, जाहेर मन्सुर, मङ्गल मन्सुर, रसुभ अन्सारी, मकेबुल अन्सारी लगायत ६० जना आज माओवादी केन्द्र प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई गिरिराजमणि पोखरेल र प्रदेश सभाका उम्मेदवार भरत शाहले फुलमाला लगाएर स्वागत गरेका थिए ।

Comments