प्रचण्डकी बुहारी बिना मगरले गरिन मतदान


  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मतदान गरेकी छन्।



कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाकी उम्मेद्वार मगरले आज बिहान सातै बजे पुनर्वास-३ रामवस्तीमा रहेको गोरखा आधारभुत विद्यालय केन्द्रमा पुगेर बाट मतदान गरेकी हुन्।

पति प्रकाश दाहालको निधनपति भावविह्वल अवस्थामा रहेकी मगर केही दिनअघि जनताको मायालाई शक्तिमा बदल्दै चुनावी प्रचारमा सहभागी भएको बताएकी थिइन्। उनले नेपाली काँग्रेसका दिवानसिंह विष्टसँग प्रतिस्पर्धा गर्दै छिन्।

Comments