गुल्मी, २१ मंसिर – गुल्मी जिल्लाको क्षेत्र नं. २ को मदाने गाउँपालिकाका केही स्थानमा बम विस्फोट भएको छ ।
चुनाव प्रभावित गराउने र आतंकित गर्ने उदेश्यले बम विस्फोट गरिएको प्रहरीले जनाएको छ ।
मदाने गाउँपालिकाको धाराचौर, रोल्मा र नुवार गरी तीन स्थानमा बम विस्फोट भएको स्थानीय मतदाता हिक्मत थापाले जनाए ।
स–साना विस्फोट भएकाले चुनावलाई भने कुनै प्रभावित नपारेको स्थानीयले बताएका छन् । खासगरी जंगली क्षेत्रमा सामान्य विस्फोट भएकाले कुनै प्रभाव नपरेको हो ।
गुल्मीका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्ट र नेपाली कांग्रेसका तर्फटबाट चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् ।

Comments
Post a Comment