हृदयघातका कारण निधन भयका प्रचण्डका छोराको १३ औं पुण्यतिथिमा जेष्ठ नातिले यस्तो राम्रो कम गर्दा हजुरआमा सीताले मन थाम्नै सकिनन्
चितवन । हृदयघातका कारण ३६ बर्षकै उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको १३ औं पुण्यतिथिमा उनका ९ बर्षय छोरा प्रसिद्धले जेष्ठ नागरिकलाई लत्ताकपडासँगै खानेकुरा वितरण गरेका छन् ।
आफ्ना बाबुको १३ औं दिनको पुण्यतिथिका दिन प्रसिद्ध हजुरआमा सीता दाहालका साथ शुक्रवार विहान चितवनको देवघाट पुगेका थिए । उनले यहाँ रहेका वृद्धवृद्धालाई लत्ताकपडाका साथै खानेकुरा पनि वितरण गरेका हुन् ।
प्रसिद्धले लत्ताकपडा र खानेकुरा वितरण गरिरहँदा सीता भने आफ्नो एक मात्र छोरा प्रकाशलाई सम्झेर आँशु झारिरहेकी थिइन् । मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव प्रचारका लागि हजुबुबा प्रचण्डसँग चितवनमा रहेका प्रसिद्धकी आमा सिर्जना भने पार्टीको कामका लागि पोखरामा खटिएकी छिन् ।

Comments
Post a Comment