करीव डेढ वर्षदेखि फरार दुई अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको छ । चर्चित गुण्डा नाइकेलाई नै पक्राउ गरी दाङ प्रहरीले आफ्नो अभियानलाई तीब्रता दिएको हो । मंगलवार काठमाडौंवाट दाङ आउदै गरेको गोप्य सुचनाको आधारमा दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिँह चन्दले वावु पुन र श्याम पुनलाई पक्राउ गर्न छुट्टै प्रहरी टोलि खटाउनु भयो ।
उनीहरुसंगै विभिन्न घटनामा संलग्न रहेका भनिएकाहरुको खोजी कार्य चलिरहेको पनि एसपि सिँहले जानकारी दिनुभयो । बुधवार म्याद थप गरेर उनिहरुमाथि विभिन्न घटनाहरुको अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । एसपी सिंहले उनीहरुबिरुद्ध गुन्डागर्दि गरी चन्दा आतंक मच्चाएको, ज्यान मार्ने उद्योग, संगठित अपराध लगाएका विभिन्न मुद्धाहरु दर्ता भइसकेको बताउनु भयो ।
‘पहिलेदेखि नै गुन्डागर्दि लगायत विभिन्न गैर कानुनि क्रियाकलापमा संलग्न हुदै आएको समुह रहेछ, यसलाई प्रहरीले विशेष निगरानी राखेर अप्रेसन चलाइरहेको छ, एसपी दुर्गाले भन्नुभयो । अघिल्लो एसपी धिरज प्रताप सिँहकै पालादेखि उनीहरुको खोजी तीब्र पारिएको थियो ।
‘धिरज सरकै पालामा दर्ता भएको संगठित अपराधको मुद्धालाई अघि बढ्छ, गुन्डागर्दी पुर्णरुपमा निस्तेज गर्ने मेरो लक्ष्य हो, यदि प्रहरीलाई चुनौति दिएर गुन्डागर्दि कार्य हुन्छन् भने प्रहरीले सबै प्रकृया पुर्याएर कानुनि कारवाही गर्छ,’ एसपी सिंहले भन्नुभयो ।
उहाँले आफु कत्तिपनि विचलित नभई दाङमा रहदासम्म शान्ती सुरक्षामा कसैसंग सम्झौता नगर्नेसमेत उदघोष गर्नुभयो । ‘काम गर्नेक्रममा केही कमी कमजोरी भएका छन्, तर, यसवाट कत्तिपनि आत्तिएकी छैन, मैले आफुलाई करेक्सन गर्दै लैजान्छु, सिँहले भन्नुभयो, ‘जुन दिनसम्म दाङ बस्छु जुवातास, वेश्याबृत्ति, गुन्डागर्दी, फरार अभियुक्त पक्राउ अभियानलाई तिव्रताका साथ अगाढि बढाउछु, मानव अधिकारलाई विशेष सम्मान गर्दै आफ्नो कामलाई पनि अघि बढाउछु ।’
उहाँले जिल्ला प्रहरी कार्यालय दाङले फरार अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यलाई जारी राखेको र चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाउने तयारीमा रहेको जानकारी पनि दिनुभयो । घोराही निवासि विकास पुनमाथि आक्रमण गरी फरार भएपछि प्रहरीले वावु पुन र श्याम पुनको समुहलाई खोजि कार्य जारी राखेको थियो ।
एसपी सिँहले विभिन्न अभियोगमा संलग्न हुनुका साथै घोराहीमा रहेर गुन्डागर्दि गरेको अभियोगमा ति दुवै जनालाई पक्राउ गरिएको प्रष्ट पार्नुभयो । विभिन्न घटना घटाई वावुको समुह फरार भई काठमाडौं बस्दै आएको र मंगलवार काठमान्डौवाट दाङ आउदै गरेको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी सिँहको भनाई छ |

Comments
Post a Comment