कोलकता । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन् । उनी लामो समय देखिकी प्रेमिका सोनम भट्टाचार्यसँग सोमबार वैवाहिक बन्धनमा बाँधिएका हुन्।
कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री ढाका टोपीमा सजिएर दुलही लिन गएका थिए। घोडामा सवार क्षेत्रीले नेपाली परम्पराअनुसार विवाह गरेका हुन्। गुडगाउँको एउटा होटलमा विवाह समारोह भएको थियो।
विवाहको अघिल्लो दिन क्षेत्रीले जनै लगाएको तस्बिर सार्वजनिक गरेका थिए। मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए।
इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेलमा उनले मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए।
सोनमले स्कटल्यान्डबाट बिजनेस मेनेजमेन्टमा स्नातक गरेकी छिन्। नेपालीभाषी ३३ वर्षीय सुनिल क्षेत्रीको मामाघर नेपालको झापा हो।


Comments
Post a Comment