चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान केन्द्रको पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।
उनले शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट मतदान गरेका हुन् । उनी संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पनि हुन् ।
बिहान ७ बजे मतदान गरेपछि उनले यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्। प्रचण्डले देशमा समृद्धिको यात्रामा सुरु भएको भन्दै राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए।
शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए। यसैबीच उनले देशमा अब वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि सुनाए।

Comments
Post a Comment