गोरखाको नतिजा रोचक बन्दै, नारायणकाजी श्रेष्ठलाई पछाडि पार्दै बाबुरामले लिए अग्रता



गोरखा २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले फराकिलो अग्रता लिएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ७ सय मतअन्तरले पछाडि पार्दै बाबुरामले अग्रता लिएका हुन् ।
बाबुरामले ५ हजार १ सय ४३ मत पाउँदा नारायणकाजीले ४ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।

Comments