रौतहटको देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुरतियाकुमारीको शंकास्पद मृत्यु भएको छ ।
शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।
शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।
शव प्रहरीले नियन्त्रणमा लिएपछि घरपरिवारका सबै सदस्य घर छाडेर फरार छन् । युवतीको मृत्युको कारण हालसम्म खुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

Comments
Post a Comment