सप्तरी । गोप्य सुचनाका आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका-६ माहाबीरस्थित धान खेतमा खनेर हेर्दा प्रहरीको होस् उडेको छ।
प्रहरीले गोप्य सुचनाका आधारमा विष्णुपुर गाउँपालिका-६ स्थित चिया नास्ता पसल गरी बस्ने संजयकुमार रायलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले रिमोटबाट पड्कने प्रेसर कुकर बम धान खेतमा गाडेर राखेको बताएपछि प्रहरीले उक्त ठाउँमा खनेको थियो।
खन्ने क्रममा प्रहरीले धान खेतमा लुकाइ राखेको अवस्थामा रिमोट कन्ट्रोल प्रेसर कुकर बमसहित रायलाई प्रक्राउ गरेको छ।
पक्राउ परेका तेजनारायण यादबले रायले बम लुकाएर राखेको बताएपछि प्रहरीले रायलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उक्त बम भेटिएको हो।

Comments
Post a Comment