धादिङ, १५ मंसिर– राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ ।
काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामत गरीएको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment