मतपेटिकामा दलहरुका आ-आफ्नै ताला


 मतपेटिका सुरक्षा

काठमाण्डौ । पहिलो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सिलबन्दी गरी कोठामा ताला लगाएर राखिएका मतपेटिकामा दलहरूले समेत ताला लगाएका छन् ।

 कतिपय दलले मतपेटिका राखिएका कोठामा आफ्नै खर्चमा सीसी क्यामेरासमेत जडानको तयारी गरेका छन् ।

आयोग र सुरक्षाकर्मीको मात्र विश्वास नभएको भन्दै थुप्रै जिल्ला सदरमुकाममा दलहरूले आफैँ सीसीटिभी राख्न अनुमति माग गरिरहेको आयोगले जनाएको छ ।

 सुरक्षाका लागि जिल्ला सदरमुकाममा बन्द कोठामा राखिएका मतपेटिकाको सुरक्षाका लागि दलहरूले आयोगले लगाएको तालामाथि पनि आफ्नो तर्फबाट ताला लगाउँदै सीसीटिभी जडान गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।

आयोगले जिल्लास्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई मतपेटिकाको सुरक्षाका लागि सम्पूर्ण अधिकार दिएको भए पनि लामो समयसम्म मतपेटिका बन्दकोठाभित्र हुने हुँदा दलहरूले समेत सुरक्षामा चिन्ता देखाएका हुन् ।

 गोरखामा आयोगले लगाएको तालामाथि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले आफ्नो अर्को ताला थपेका छन् ।

Comments