काठमाडौं—इटहरी उपमहानगरपालिा–९ स्थित भलाद्मी टोलमा बम विस्फोट हुँदा चार जना घाइते भएका छन्।
घाइते हुनेमा १४ महिनाको बच्चा यमन न्यौपाने, १६ वर्षीया सिर्जना अधिकारी, १६ वर्षीया समृना अधिकारी तथा ४० वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् घाइतेहरुमध्ये दुई जनालाई उपचारका लागि धरान लगिएको छ।
दुई जनालाई विराटनगर लगिएको छ। घाइते भएकाहरु विस्फोट हुँदा बाटो छेउमा खेलिरहेका थिए। काँग्रेसले चुनाबका लागि टोलस्तरको भेला आयोजना गरिरहेको ठाउँ नजिकै विस्फोट भएको हो। कार्यक्रमस्थल नजिकैको खाली जग्गामा विस्फोट भएको हो ।

Comments
Post a Comment