ब्रेकिङः दाङको तुल्सीपुरमा बम विष्फोट, ८ जना घाइते, ४ को अवस्था गम्भीर


 दाङ। दाङको तुलसीपुरमा आज दिउँसो अज्ञात समूहले बम विष्फोट गराउँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बम विष्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन । घाइतेहरुको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

Comments