काठमाडौं– न उपचार छ, न सरसफाई । खानाको त के कुरा ! दृश्यमा हेर्दा उनी दिशा, पिसावमा डुबेका छन् भने आधा शरिरमा कपडा पनि छैन । दृश्य हो, देशकै जेठो अस्पताल वीर अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेका एक पुरुषको ।
मावन अधिकारकर्मी दूर्गानाथ दाहालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा यिनै बिरामीको फोटो र भिडियो सार्वजनिक गरे । जुन निकै दर्दनाक छ । रामेछाप घर बताउने यि विरामीलाई अस्पतालले दिनुपर्ने सामान्य सेवा सुविधा समेत दिएको देखिदैन ।
उनको कम्बर भन्दा तलको भाग दिशा र पिसाबमा चुर्लुम्म डुबेको छ । राख्न त उनलाई बेडमानै राखिएको छ । तर, आकस्मीक कक्षमा हुनुपर्ने सेवा सुविधा अस्पतालले दिएको देखिन्न ।
मानव अधिकारकर्मी दाहालका अनुसार ति व्यवारिसे व्यक्तिको आफूले सरसफाई गर्न खोज्दा त्यहाँका चिकित्सकहरुले उल्टै तपाईहरुको यो काम होईन भनेर हप्काएका थिए ।
यसबारे वीर अस्पतालका प्रमुख भूपेन्द्र बस्नेतसँग बुझ्न खोज्दा उनको फोन उठेन । मुलुकका अन्य अस्पतालको तुलनामा वीर अस्पतालमा धेरै वेवारिसे विरामी पुग्ने गर्छन् ।

Comments
Post a Comment