अज्ञात समूद्वारा वाम गठबन्धनका उम्मेदवार थापाको गाडीमा आगजनी !!


 मंसिर १४ कैलाली !! कैलालीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’बाट वाम गठबन्धनका उम्मेदवारको रतन थापाको गाडीमा अज्ञात समुहबाट आगजनी गरिएको छ ।



बिहिबार बिहान तीन बजेतिर लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै घर पछाडि ग्यारेजमा पार्किङ गरि राखिएको ना १६ च ६८९९ नम्वरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आगजनीबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ । उम्मेदवार थापाले गाडीलाई चुनावी प्रचारप्रसारको लागि प्रयोग गर्दै आएका थिए ।  आगजनीमा संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैन बहादुर साउदले बताए ।

Comments