प्रधानमन्त्रीको स्वागतमा उभिएकाहरु लाई एस्तो आपत आइलाग्यो


 मंसिर १२, -चुनावमा नेता हेलिकप्टर सयर गरेर मस्तीमा छन् भने प्रहरी प्रशासक भने धुलाम्य भई सास्ती खेपिरहेका छन् । कांग्रेस सभालाई कपिलवस्तुमा संबोधन गर्न मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेता हेलिकप्टरमा तौलिहवा आउँदा प्रहरी, सेना र सशस्त्रका प्रमुख र प्रजिअ धुलाम्य बनेका थिए । देउवाको स्वगतका लागि प्रहरी कार्यालय नजिकै बनाइएको

हेलिप्याड पुगेका उच्च प्रशासक हेलिकप्टर ल्याण्डिङ हुँदा धूलोबाट बच्न भागाभाग गरेका थिए ।नेपाल प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्रका उपरीक्षक भगवान मल्ल, प्रजिअ मदन भुजेल र सेनाका कर्णेल गाडीको आड लिएर धूलोबाट बच्न लुकेका थिए ।

 कतिपयले रुमालले नाक र मुख छोप्दै पर पर भागेका थिए । देउवाको स्वागतका लागि पुगेका नेता दिपकुमार उपाध्याय, सुरेन्द्र आचार्य र अभिषेकप्रताप शाह पनि धूलोबाट जोगिन गाडी छेउ गएर लुकेका थिए ।

 सेनाको नाईन एन आएजे कल साईनको ठूलो जहाज हुँदा ल्याण्ड गर्दा धेरै धूलो उडाएको थियो ।२ मिनेटपछि धूलो उड्न छाडेपछि सबैले आ-आफनो कपडा झार्दै स्वागतका

लागि तयार भएका थिए । धूलोले हेलिकप्टरको सुरक्षार्थ तैनाथ प्रहरी, सशस्त्र र सेनालाई पनि समस्या बनाएको थियो । मंगलबार सभालाई संबोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला र उद्योगपति विनोद चौधरीलगायत यहाँ आएका थिए । नेताका लागि दुईवटा हेलिकप्टर यहाँ आएका थिए ।

Comments