धुर्मुस सुन्तलीले गरे फेरी अर्को उत्कृष्ट कामको घोषणा-माघमा सन्तपुरका जनतालाइ सर्पाइज (हेर्नुहोस)


   समाजसेवी तथा चर्चित हाँस्यकलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरको एकीकृत नमुना सन्तपुर बस्ती माघमै हस्तान्तरण गर्ने भएका छन ।

 हालसम्म ६०% प्रतिशत काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

नमुना बस्ती ५ करोड ७५ लाख लगानीमा निर्माण गर्ने लक्षका साथ काम थालिएको थियो सो भन्दा बढी खर्च गर्नु पर्ने समेत भएको छ ।

 बस्तिका लागि आवश्यक पर्ने सम्पुर्ण रकम सहयोगी मनहरुबाट संकलन भइरहेको फाउण्डेशनले जानकारी दिएको छ ।

फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीकाअनुसार हालै निर्माणको लागि साउदी अरबबाट ५१ लाख संकलन भएको छ।

Comments